site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युवामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सत्ता साझेदार दलको सुझाव 

काठमाडौं । सत्ता साझेदार दलहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवामा आशा, विश्वास र भरोसा जगाउने विषय समेट्न सुझाव दिएका छन् । बुधबार बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकमा सरकारको खर्च गर्ने क्षमता बढाउन, फजुल खर्च घटाउन र सुशासनका लागि आवश्यक काम गर्न सुझाव आएको नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

“विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने र एकदमै उच्च प्राथमिकीकरण गरिनुपर्छ । छरिएका आयोजना र भइरहेको अपव्यय रोक्नुपर्छ भन्ने छ,” ज्ञवालीले भने ।

एमालेका उपमहासचिवसमेत रहेका ज्ञवालीका अनुसार, युवा पुस्ताकेन्द्रित कार्यक्रम ल्याउन सुझाव आएको छ ।

“युवा पुस्तामा आशा र विश्वास जगाउन जगाउन उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप र व्यावसायिक प्लान तथा बजार संरक्षणको कम्प्रेहेन्सिब (विस्तृत) कार्यक्रम आओस् भन्ने सुझाव छ,” ज्ञवालीले भने ।

नेताहरूले अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल खर्च निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्यक्षमता बढाउने सँगै सुशासनका लागि गर्नुपर्ने कामका विषय पनि समेट्न सुझाव दिएका छन् । त्यसैगरी, पहाडी क्षेत्रको बसाइँसराइ रोक्ने गरी पनि योजना ल्याउन उनीहरूको सुझाव छ । 

“बसाइँसराइलाई कम गर्न पहाडी क्षेत्रमा व्यावसायिक योजना लैजानुपर्छ भन्ने सुझाव आएको छ,” उनले भने ।

बैठकमा सत्ता साझदेर दलका नेताहरूले लोकतन्त्रमाथि भइरहेको हमलालाई सामूहिकरूपमा जवाफ दिन सकिने विषय पनि नीति तथा कार्यक्रममा समेट्न सुझाव दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro