देश

काठमाडौं । भारतको जम्भू–कश्मीरको पहलगाममा मारिएका रूपन्देहीका युवा सुदीप न्यौपानेको न्यायको माग गर्दै सोमबार पनि प्रदर्शन भएको छ । काठमाडौंको चुनदेवी मन्दिरसँगै रहेको पाकिस्तानी दूतावासअगाडि नेपाली युवा समाजले प्रदर्शन गरेका हुन् ।
यसअघि विभिन्न संघसंस्थाले शनिबार प्रदर्शन गर्दै पाकिस्तानी दूतावासमा ज्ञापनपत्र समेत बुझाएका थिए । पाकिस्तान संरक्षित आतंकवादी समूहले न्यौपानेको हत्या गरेको भन्दै दूतावासअगाडि प्रदर्शन गरिएको हो ।
वैशाख ९ मा आतंकवादी हमलामा न्यौपानेसहित २६ जनाको हत्या गरिएको थियो । हमलाको जिम्मा भने द रेसिस्टेन्ट फ्रन्ट (टीआरएफ)ले लिएको छ । हमलालगत्तै पाकिस्तानी सैनिक अधिकारीले दिएको अभिव्यक्तिको समेत आलोचना भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ १७:२२
प्रतिक्रिया दिनुहोस्