site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लिङदेनलाई कांग्रेस सांसदको चुनौती– रक्सी चोरेको प्रमाणित गर, नभए माफी माग
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले कांग्रेस सहमहामन्त्रीका छोरा रक्सी चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लगाएको आरोपको खण्डन गरेकी हुन् ।

“कसैको राजनीतिक, सामाजिक  प्रतिष्ठामा आँच आउने गरी गरिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै म लिङदेनजीलाई उहाँले  बोलेको अभिव्यक्ति प्रमाणित गर्न चुनौती दिन चाहन्छु,” गौतमले भनिन्, “होइन भने उहाँले अफ्नो भनाइ यसै सदनबाट फिर्ता लिँदै माफी माग्न सभामुखमार्फत आग्रह गर्दछु ।”

लिङदेनले चैत १५ गतेको राजावादीको आन्दोलनका क्रममा भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोप लगाएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्