site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संखुवासभामा चट्याङ लागेर १७ भैँसी मरे
फाइल तस्बिर ।

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३, कालोपातलमा चट्याङ लागेर १७ भैँसी मरेका छन् । चराउन जंगल लगिएका भैँसी वर्षासँगैको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ भैँसी चट्याङ लागेर मरेको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए । चट्याङ लागेर भैँसी मर्दा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली सोमबार (वैशाख १५) घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पैदल दूरीमा पर्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro