
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताद्वय माधव नेपाल र झलनाथ खनाल शिक्षक आन्दोलनमा सहभागी भएका छन् ।
सोमबार माइतीघर–बानेश्वर सडकमा जारी शिक्षकहरूको प्रदर्शनमा उनीहरू सहभागी भएका हुन् । साथमा नेता भानुभक्त जोशी पनि छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।
प्रदर्शनक्रममा आइतबार (वैशाख १४) शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो ।
शिक्षकको सडक आन्दोलनको आज २७औँ दिन हो ।