site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असन्तुष्टिको कारोबार नगरौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको ‘कारोबार’ गर्न नहुने बताएका छन् । सोमबार (वैशाख १५) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले असन्तुष्टिलाई उत्तेजनामा रूपान्तरण नगर्न सचेत गराएका हुन् ।

आमनागरिकमा हाल एउटा ठूलो बेचैनी, असन्तोष रहेको उनले उल्लेख गरे । उनले असन्तुष्टि र बेचैनीको मुख्य कारण आमनागरिकको अवस्थामा परिवर्तन नआउनु रहेको बताए । असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेकामा उनले जोड दिए ।

“...यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ । असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन,” उनले भने, “त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ ।”

कांग्रेस र नेकपा (एमाले) मिलेर गठित सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको उनले बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र संकट समाधान गरेर सरकार अघि बढ्ने विश्वास व्यक्त गरे ।

महामन्त्री थापाले एमालेसँगको सहकार्यानुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारे । सरकारमा बस्ने मात्र नभई परिणाम दिने गरी काम गर्न आवश्यक रहेको उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro