खेल

काठमाडौं। सहिद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लबविरुद्ध श्रीकुमारी क्लबले १–० को साँघुरो जित निकालेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा श्री कुमारीलाई जित निकाल्न टोलीका विनोद धमलाको एक गोल नै पर्याप्त बन्यो । २५ औँ मिनेटमा विनोदले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा नै प्राप्त उक्त अग्रतालाई खेल अवधिभर जोगाउँदै श्रीकुमारीले जित निकालेको हो । जितसँगै लिगमा श्रीकुमारीले १२ अंक बनाएको छ ।
श्रीकुमारीले कुल आठ खेलमा चार जित र चार हारसहित १२ अंक बनाएको हो । पराजित झापा फुटबल क्लब भने तेस्रो हार खेप्दै कुल आठ खेलमा दुई जित, तीन बराबरी र तीन हारबाट नौ अंकमा सीमित छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ २१:२९
प्रतिक्रिया दिनुहोस्