site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झडपपछि आकस्मिक बैठकमा महासंघ, सुवेदी भन्छन्– कैयौँ साथी घाइते भए

काठमाडौं । काठमाडौंकेन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । आइतबार (वैशाख १४) दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

“आकस्मिक बैठक ३ बजे बोलाइएको छ । अहिले आन्दोलनमै छौँ । हाम्रा कैयौँ साथीहरू घाइते भएका छन्,” उनले बाह्रखरीसित भने ।

गएको चैत २० गतेयता शिक्षकको आन्दोलन माइतीघर–बानेश्वरकेन्द्रित छ । आइतबार शिक्षक निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । शिक्षकले ढुंगा समेत प्रहार गरेको र एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro