site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एकजना पक्राउ

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ ।

त्यसपछि शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले त्यसक्रममा एक शिक्षकलाई नियन्त्रणमा लिइएको बताए ।

“एकजनालाई नियन्त्रणमा लिएका छौँ । उहाँले आफू शिक्षक भएको बताउनुभएको छ, बुझ्दै छौँ,” उनले बाह्रखरीसित भने ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई तितरवितर पार्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । झडपक्रममा कोही घाइते नभएको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro