site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक आन्दोलनबारे सांसद केसीले भने– सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार सुतुरमुर्गजस्तो बनेको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसद केसीले शिक्षकले पनि आफ्नो दायित्व बुझ्नुपर्ने बताए ।

“लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःद हो । शिक्षकले पनि आफ्नो दायित्व बुझ्न जरुरी छ,” उनले भने ।

उनले सरकारको निर्णयबाट पूरा हुने माग तत्काल पूरा गर्ने र निश्चित समयसीमामा ऐन जारी गर्ने गरी सहमतिमार्फत निकास निकाल्न आग्रह गरे । नभए गम्भीर परिणामको जिम्मेवार सरकार नै बन्नुपर्ने उनको चेतावनी छ ।

“सरकारको निर्णयबाट पूरा हुने माग तत्काल र निश्चित समयसीमाभित्र ऐन जारी गर्ने प्रतिबद्धता संविधानसँग जोडिएका विषय संशोधनमा प्राथमिकता दिने गरी सहमतिबाट तत्काल समाधान निकालियोस् । नत्र यसको गम्भीर परिणामको जिम्मेवार सरकार नै हुनेछ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro