site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोनालाई कोपा डेल रे उपाधि, रियालका तीन खेलाडीलाई रातो कार्ड

काठमाडौं । अन्तिम समयमा तनावपूर्ण बनेको कोपा डेल रेको फाइनलमा चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको छ ।

शनिबार राति सेभियामा खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा बार्सिलोनाका रक्षक जुलेस कोउन्डेले निर्णायक गोल गर्दै क्याटालन क्लबलाई च्याम्पियन बनाए ।

बार्सिलोनाको जितमा पेड्री, फेरान टोरेस र कोउन्डेले गोल गरे । रियालका किलियन एमबाप्पे र औरेलिएन चुवामेनी गोल फर्काएका थिए ।

खेलको २८औँ मिनेटमा पेड्रीको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । ७०औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियाललाई खेलमा फर्काए । त्यसको सात मिनेटपछि चुवामेनीले गोल गर्दै रियाललाई २–१ को अग्रतामा राखे । रियालको यो अग्रता लामो समय टिक्न सकेन । ८४औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा गोल भएन । र, खेल अतिरिक्त समयसम्म धकेलियो ।

११६औँ मिनेटमा कोउन्डेले गोल गरेपछि बार्सिलोनाले रोमाञ्चक जित निकालेको हो । रियालका कप्तान लुका मोड्रिचबाट भएको ‘मिस पास’ सदुपयोग गर्दै कोउन्डेले करिब २२ यार्ड परबाट जाली चुमाएका थिए ।

अन्तिम समय खेल तनावपूर्ण बन्दा रियालका एन्टोनियो रुडिगर, लुकास भाजक्वेज र जुड बेलिङ्घमले रातो कार्डको दर्शन गरे । यी तीनै खेलाडी रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदानमा प्रवेश गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro