site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा कांग्रेसले भन्यो– सरकारले गजबै गर्‍यो भन्ने छैन, हल्लाको पछि नलागी काम गर्नू

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले नौ महिनामा गजब काम गरेको भन्ने ठाउँ नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले सरकारले आर्थिक विकासलाई अधोगतिमा लग्ने काम नगरेको बताए ।

“वर्तमान सरकारका कुनै पनि कमिकमजोरी छैनन् भन्ने होइन । सरकार बनेको नौ महिनामा उल्कै गजबै गर्‍यो भन्ने ठाउँ नभए पनि मुलुकलाई बदनाम गर्ने र आर्थिक विकासलाई अधोगतिमा लाने काम यो सरकारले गरेको देखिँदैन,” उनले भने ।

उनले सरकारले गति बढाउन आवश्यक रहेको बताए । कांग्रेस एमालेको शक्तिशाली सरकार हो भन्ने व्यवहारमा देखिनुपर्ने भनाइ उनको छ ।

“सरकारले आफ्नो गति बढाउनैपर्छ । सुशासनको मामलामा सरकारका आक्रामक ढंगले अघि बढ्नैपर्छ,” उनी भन्छन् । 

उनले सरकार ढल्ने हल्लाको पछि नलागी काम गर्न आग्रह गरे । “दैनिकरूपमा सरकार ढल्ने हल्लाको पछाडि नलागी आफ्नो काम तदारुकताका साथ देखाउनसमेत आग्रह गर्दछु । नेपाली कांग्रेस नबाहिएसम्म यो सरकार ढल्दैन भन्ने सबैलाई थाहा छ,” उनले भने, “नेपाली कांग्रेस मुलुकको स्थिरतामा ढृढतापूर्वक उभिन्छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति अक्षरशः पालना गर्दछ भन्ने जानकारी गराउन चाहन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro