site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठेकेदारबाट ६५ हजार रुपैयाँ 'घुस लिने' प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, स्थित राजनारायण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रेशमराज कँडेल र सञ्चालक समितिका सदस्य सुरेन्द्र कहार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, विद्यालय बनिसकेपछि ठेकेदारलाई भुक्तानी दिने क्रममा घुस मागेपछि उनीहरूलाई घुस रकमसहित पक्राउ गरिएको थियो । ०८१ माघ २० गते अख्तियारले उनीहरूसहित सहायक लेखापाल सुरेश गुप्ताविरुद्ध मुद्दा दायर गरेको थियो ।

मंगलबार विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले कँडेल र कहारलाई दोषी ठहर गरेको हो । गुप्ताले भने सफाइ पाएका छन् ।

गुप्ताको टेबुल छेउमा घुसबापतको ५० हजार रुपैयाँ भेटिएको थियो । तर, उनको सहमतिमा रकम राखेको प्रमाणित हुन नसकेपछि अदालतले गुप्तालाई सफाइ दिएको हो ।

विद्यालयको भवन निर्माणपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई रंगेहात फेला पारिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार, कहारको खल्तीमा १५ हजार रुपैयाँ र सहायक लेखापालको टेबुलनजिकबाट ५० हजार रुपैयाँ बरामद गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro