site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पर्वतारोहणका लागि नेपाल प्रमुख गन्तव्य, आरोहीको पहिलो रोजाइ सगरमाथा
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकले पर्वतारोहणका लागि मुख्य गन्तव्य बनाएको नेपालमा पछिल्ला ३ वर्षमा ९ सय ४७ टोलीले हिमाल आरोहणको स्वीकृति लिए । सन् २०१७ मा मात्रै २ सय ९१ टोलीले पर्वतारेहणको स्वीकृति लिएका थिए । त्यसमध्ये शरद ऋतुमा सबैभन्दा धेरै १ सय ६६ र शिशिर ऋतुमा सबैभन्दा कम ७ टोली रहेका छन् । त्यसबाहेक वसन्त ऋतुमा १ सय १० र गृष्म ऋतुमा ८ टोलीले पर्वतारोहणको स्वीकृति लिए । 

पर्यटन विभागको तथ्यांकअनुसार सन् २०१६ मा २०१७ को भन्दा १२ कम टोलीले पर्वतारोेहका लागि स्वीकृति लिएका थिए । २०१६ मा वसन्त ऋतुमा ९८, गृष्म ऋतुमा १३, शरद ऋतुमा १६३ र शिशिरमा ५ वटा गरी २७९ टोलीले आरोहण स्वीकृति लिएका थिए । 

२०१५ मा भने वसन्तमा १०३, गृष्ममा १, शरदमा २६२ र शिशिरमा ११ वटा गरी ३७७ टोलीले स्वीकृति लिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यी हुन् धेरै चढिएका हिमाल 

२०१७ को तथ्यांकलाई हेर्दा यो वर्ष धेरै पर्वतारोहीले रुचाएको हिमालमा पहिलो नम्बरमा सगरमाथा नै परेको छ । सगरमाथामा वसन्त ऋतुमा मात्रै ४२ टोलीले  आरोहण गरेका छन् । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले चढेदेखि २०१६ को अन्त्यसम्ममा सगरमाथा आरोहीको संख्या ४ हजार ८ सय ७९ पुगिसकेको छ ।

Global Ime bank

त्यस्तै, यो वर्ष सगरमाथापछि रुचाइएका हिमालमा आमादब्लम र मनास्लु परेका छन् । शरद ऋतुमा मात्रै ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लममा २५ टोली र ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लुमा २२ टोलीले आरोहण गरेका छन् । नेपालमा हाल साना ठूला गरी ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । 

यी देशका नागरिक बढी सफल

२०१७ को अन्तिम विवरण तयार पारिनसकेको पर्यटन विभागले दिएको जानकारीअनुसार २०१५ र २०१६ लाई आधार मान्दा पर्वतारोहणमा सबैभन्दा धेरै सफल नेपाली नै देखिएका छन् । २०१५ मा २ सय ८ र २०१६ मा ५ सय ३३ नेपालीले सफल आरोहण गरेका छन् । नेपालपछि सफल आरोहण गर्ने फ्रान्सका नागरिक छन् ।

२०१५ मा ८५ र १६ मा ३९ जना फ्रान्सेलीले नेपालमा सफल पर्वतारोहण गरेका छन् । त्यस्तै, जर्मनीका ८४ जनाले २०१५ मा र ३६ जनाले २०१६ मा सफल रुपमा आरोहण गरेका छन् । त्यस्तै अमेरिकाका १ सय १८, बेलायतका १ सय १७ तथा जापानका ८८ जनाले सफल पर्वतारोहण गरेका छन् । सन् २०१५ मा ८ सय ६० र २०१६ मा १ हजार २ सय २० गरी २ वर्षमा ६१ देशका २ हजार ८० जनाले सफल पर्वतारोहण गरेका छन् । 

पर्वतारोहणमा नयाँ नियम 

नेपालमा पर्वतारोहण नियमको पुनः संशोधन गर्दै दुवै आँखा नदेख्ने र दुवै खुट्टा नरहेका विकलांंग व्यक्तिलाई पर्वतारोहण गर्न नदिने नयाँ नियम बनेको छ । 

नयाँ नियममा आरोहीलाई एक्लै पर्वतारोहण गर्न नदिने पनि उल्लेख छ । सँगै जाने पथप्रदर्शकले अनुमोदनको प्रमाणपत्र पाएपछि मात्र पर्वतारोहण गर्न पाइने भएको छ । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्वतारोहणलाई सुरक्षित बनाउन ल्याइएको यो नियम वसन्त ऋतुको पर्वतारोहणदेखि नै लागू  हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय