देश
-1743171855.jpg)
काठमाडौं । तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडमा संलग्न थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ४८ वर्षीय ओमप्रकाश लुइँटेल छन् ।
गएको चैत १५ गते काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित खुल्ला चौरमा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल'द्वारा प्रदर्शनको आयोजना गरिएको थियो । सोही क्रममा भएको घटनाको अनुसन्धानका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न उनलाई पक्राउ गरिएको हो ।
उनलाई नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२ १६:१२
प्रतिक्रिया दिनुहोस्