site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 'भएको भ्रष्टाचार'मा संलग्नलाई कारबाही गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा 'भएको भ्रष्टाचार'मा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । रास्वपा गण्डकीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई एक पत्रमार्फत उपसमितिको कारबाही सिफारिस अघि बढाउन माग गरेको हो ।

रास्वपाले छानबिनको विषयलाई अगाडि बढाउन र शंकाको घेरामा रहेको प्राधिकरणका विभिन्न पदाधिकारी र राजनीतिक दलका नेताहरूलाई आवश्यक अनुसन्धान गरेर कारबाही गर्न माग गरेको छ ।

"पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण अवधिका विभिन्न निर्णय प्रक्रियामा संलग्न राजनितिक नेतृत्वहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको हुँदा तत्कालीन अवस्थाका निर्णय प्रक्रिया र कार्यान्वयनको तहमा रहेका राजनितिक नेतृत्वहरूलाई समेत छानबिनको दायरामा ल्याउन संसद्को चौथौ ठूलो दलको हैसियतमा जोडदार माग गर्दछौँ," रास्वपाले भनेको छ ।

रास्वपाले सार्वजनिक खरिद ऐनविपरीत थप लागतमा ठेक्का स्वीकृत गरिएको मूल सम्झौताविपरीत कर छुट दिन नयाँ सम्झौता गरिएको, रिठ्ठे डाँडा कटान, एसी जडान, रनवे, ट्याक्सी वे, बाँध तथा नाली निर्माणका क्रममा अनियमितता देखिएको सन्दर्भमा छानबिन उपसमितिको प्रतिवेदनलाई तत्काल अघि बढाउन माग गरेको छ ।

"अन्यथा जनताको विश्वासिलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि थप दबाबका कार्यक्रम गरिने जानकारी गराउँदछौँ," पत्रमा रास्वपाले भनेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्देनले ठेक्का प्रक्रियादेखि नै अनियमिता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । उपसमितिले थप अध्ययन गर्न र दोषीलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro