site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
द्वन्द्वकालका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पारेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउँदा आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने उनको भनाइ छ । उनले देशमा अनावश्यक हिंसा प्रारम्भ भएको र त्यसका कारण मुलुक अकारण अशान्तिको भूमिमा परिणत भएको बताए ।

प्रधानमन्त्री ओलीले अधिनायकवाद परास्त भएर लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यकतामा जोड दिए ।

ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro