site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असोजमा मनसुनजन्य विपद्, ६ महिनापछि क्षति आकलन सुरु

काठमाडौं । गत असोज महिनामा अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपद्‍बाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिग्रस्त जिल्लामध्ये काभ्रेको रोशी गाउँपालिका वडा नं २ नारायणटारबाट आकलन सुरु गरेको हो ।

रोशी गाउँपालिका वडा नम्बर २ का ३ जनालाई क्षति आकलन निस्सा उपलब्ध गराउँदै गृहमन्त्री रमेश लेखकले विस्तृत क्षति आकलन सुरुवात गरे । उनले ज्यादा प्रभावित जिल्ला र स्थानीय तह भएकाले रोशीबाट आकलन सुरुवात गरिएको जानकारी दिए । 

क्षति आकलनपछि पुनर्निर्माण सहज हुने भन्दै उनले छिटो आकलन सकाएर पुनर्निर्माण थाल्न प्रभावित र स्थानीय तहलाई आग्रह गरे । गृहमन्त्री लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुननिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको उल्लेख गरे । 

सो क्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सदस्य सूर्यमान दोङले पुल, तटबन्धनलगायत पूर्वाधार निर्माण गरेर मात्रै पुनर्निर्माण पूर्ण हुने बताए । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नारायणटारलगायत काभ्रेका विभिन्न खेतीयोग्य फाँट बगरमा परिणत भएको भन्दै दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउन योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

विस्तृत क्षति आंकलनका लागि रोशी गाउँपालिकाबाट तीनवटा क्लस्टरमा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत गरी २२ जना प्राविधिक खटिने बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro