site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘मैना’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै राजेन्द्र ढकाल (राहुल)ले ‘मैना’ निर्माणको घोषणा गरेका हुन् ।

यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन् ।  थिम पोस्टरले क्राइम थ्रिलर जानराको सिनेमा हुने संकेत गरेको छ ।

Argakhachi Cement Island Ad

सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन् ।

चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ । सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन् ।

चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन । 

सिनेमाको नाम अनुसार चलचित्रको मुख्य भूमिकामा महिला कलाकार रहनेछिन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्