site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनले तीन अमेरिकी गुप्तचरमाथि लगायो शीतकालीन खेलकुदमा साइबर आक्रमण गरेको आरोप 

काठमाडौं । चीनले अमेरिकी गुप्तचर संस्था (राष्ट्रिय सुरक्षा एजेन्सी)का तीन कर्मचारीमाथि नवौँ एसियाली शीतकालीन खेलकुद प्रतियोगिताका बेला त्यसको महत्त्वपूर्ण आधारभूत संरचनामा साइबर आक्रमण गरेको मंगलबार आरोप लगाएको छ ।

गएको फेब्रुअरीमा चीनको हर्बिनमा नवौँ एसियाली शीतकालीन खेलकुद आयोजना गरिएको थियो । उक्त प्रतियोगितालक्षित साइबर आक्रमणमा क्याथरिन ए विल्सन, रबर्ट जे स्नेलिङ र स्टिफन डब्ल्यू जन्सन संलग्न रहेका चिनियाँ प्रहरी अधिकारीले आरोप लगाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

यी तीनजना प्रतियोगिताको उक्त महत्त्वपूर्ण सूचना प्रणालीमा आक्रमणका निम्ति जिम्मेवार थिए । त्यो प्रणालीभित्र सूचना प्रकाशन, प्रवेश–बाहिर जाने व्यवस्थापन, कार्ड भुक्तानी, र स्थानीय नेटवर्कजस्ता पक्ष समावेश थिए ।

चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपत्कालीन प्रतिकार्य केन्द्रले पहिले नै शीतकालीन खेलकुदसँग सम्बन्धित दुई लाख ७० हजारभन्दा बढी विदेशी साइबर आक्रमणको रिपोर्ट दिएको थियो । तीमध्ये दुईतिहाइ आक्रमण संयुक्त राज्य अमेरिकाबाट भएको दाबी गरिएको छ ।

हार्बिन सार्वजनिक सुरक्षा ब्युरोले आरोपित व्यक्तिहरूलाई गिरफ्तार गर्न पुरस्कारको प्रस्ताव राखेको छ । यसबारेमा नागरिकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ ।

अधिकारीहरूले जासुसीमा संलग्न व्यक्तिका निम्ति चेतावनी समेत दिएका छन् । “हामी विदेशी शक्तिद्वारा चीनविरुद्ध गरिएका साइबर आक्रमण र राज्यका गोप्य कुरा चोरी गर्ने कार्यविरुद्ध कडा कारबाही गर्नेछौँ,” एक विज्ञप्तिमा उल्लेख छ ।

चीनले गुप्तचर जानकारीका निम्ति नगद पुरस्कार दिने गरेको छ । गएको मार्चमा एक पूर्वइन्जिनियरलाई विदेशी शक्तिलाई गोप्य कुरा दिएको आरोपमा मृत्युदण्ड सुनाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro