
काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाले ‘युरोपमा कसैले पनि क्रिकेट नहेर्ने’ बताएपछि सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ । बेल्जियमका प्रभावशाली मिडफिल्डर डी ब्रुयनाले सिटीको एक कार्यक्रम ‘एआई सोडाउन’मा विश्वकै सबैभन्दा चर्चित खेलमध्ये क्रिकेट दोस्रो स्थानमा रहेको देखेपछि अनपेक्षित प्रतिक्रिया दिएका हुन् ।
चर्चित खेलको जवाफ दिँदा डी ब्रुयनाले फुटबल रोज्दा जेम्स म्याटीले क्रिकेट भन्छन् । “क्रिकेट हुनै सक्दैन । पक्कै पनि यो टेनिस र एनभीएमध्ये एक हुनुपर्छ,” म्याटीले क्रिकेट रोज्दा डी ब्रुयनाले भने ।
एआईले क्रिकेटलाई दोस्रो स्थानमा देखाउँदा डी ब्रुयना झनै अचम्मित बन्दै भन्छन्, “क्रिकेट कसरी दोस्रो हुनसक्छ (विश्वकै चर्चित खेलमा) ? यो पक्कै पनि झुट हो । इमानदारसाथ भन्नुपर्दा मलाई युरोपमा कसैले पनि क्रिकेट हेर्ने गरेको थाहा छैन ।”
डी ब्रुयना र म्याटीलाई सोधिएको यो प्रश्नमा एआईले फुटबललाई सबैभन्दा चर्चित खेल भएको देखाउँछ । दोस्रो स्थानमा क्रिकेट, तेस्रोमा बास्केटबल, टेनिस र फर्मुला वान थियो ।