
काठमाडौं । अशोक शर्माको निर्देशन रहने चलचित्र ‘डबल ट्रिपल’को रिलिज दसैँबाट पछि सरेको छ । फूलपातीमा रिलिज हुने भनिएको चलचित्र फागुन १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्देशक शर्माले दसैंमा धेरै सिनेमा आउने भएपछि आफू पछि हटेको बताएका छन् । सहमति बनाउने प्रयास गर्दा कोही पनि दसैँ छोड्न तयार नभएपछि आफू फागुन १ गते चलचित्र रिलिज गर्ने निर्णयमा पुगेले उनले बताएका छन् ।
चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय रहनेछ ।
चलचित्रको कथा तथा पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् ।
शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायांकन, राजु किराँतीको एक्सन तथा सुनील क्षेत्रीको नृत्य निर्देशन रहनेछ ।