site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

महेन्द्र राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडी चोकमा आइतबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी४० टी ३९५६ नम्बरको ट्रकले ना४४प १३५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ६४ वर्षीय केशबबहादुर कर्माचार्य गम्भीर घाइते भएका थिए । 

घाइतेलाई उपचारका निम्ति पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

दुवै सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको र फरार ट्रकचालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro