
काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदै छन् ।
घरेलु टोली नेपालले आज पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् ।
नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् ।
आज नै ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्नेछन् । रासस