site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भगवती क्लबको साँघुरो जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा भगवती क्लबले बाँसबारी क्लबविरुद्ध साँघुरो जित निकालेको छ । शुक्रबार (चैत २९) सातदोबोटोस्थित एन्फा मुख्यालयमा भगवतीले बाँसबारीविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।

भगवतीको जितमा आयुष तिम्सिनाले गरेको एक गोल नै पर्याप्त बन्यो । खेलको ६६औँ मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै भगवतीको १४ अंक भएको छ । भगवती अंकतालिकाको दोस्रो स्थानमा छ । प्रतियोगितामा अपराजित भगवतीले ६ खेलमध्ये चारमा जित र दुईमा बराबरीको नतिजा निकालेको छ । 

पराजित बाँसबारीको भने यो चौथो हार हो । सातौँ स्थानमा रहेको बाँसबारीको ६ अंक छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro