site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाउकोमा ढुंगा प्रहार गरी हत्या
Tiktok banner adTiktok banner ad

कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एकजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो । 

पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५–४० वर्षका जस्तो देखिने इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । 

ढुंगाले हानेर टाउकोको बायाँपट्टिको भाग र आँखा फुटाइएकाले अनुहार चिनिने अवस्थामा नरहेको उनले बताए । 

शव नजिकै रगत लागेको ढुगा पनि फेला परेको बताउँदै प्रनाउ थापाले साथमा लुगाबाहेक कुनै सामान फेला नपरेको जानकारी दिए । पुरुषको शव मन्दिरको दक्षिणतर्फ प्रांगणमा भेटिए पनि घटना मन्दिरभित्रै भएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँभन्दा २० मिटर दूरीमा रहेको मन्दिर प्रागण राताम्मे छ । 

मन्दिरबाट घिसारेर शव तल फालिएकोजस्तो देखिएको प्रनाउ थापाको भनाइ छ । उनका अनुसार प्रहरीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro