site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पञ्जावको जितमा प्रियान्सको शतक 

काठमाडौं । प्रियान्स आर्याको शतकप्रेरित पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सविरुद्ध १८ रनको जित निकालेको छ ।

मंगलबार राति मुल्लानपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो । २२० रनको लक्ष्यसहित मैदान उत्रिएको चेन्नाईले २० ओभरमा पाँच विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो ।
 
चेन्नाईका डिभोन कोन्वेले सर्वाधिक ६९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । रचिन रवीन्द्रले ३६, शिवन दुबेले ४२ तथा पूर्वकप्तान महेन्द्रसिंह धोनीले २७ रन जोडे ।

पञ्जावका लकी फर्गुसनले दुई विकेट हात पारे । यश ठाकुर र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।

यसअघि पञ्जाबका प्रियान्सले ४२ बलमा ९ छक्का र सात चौकासहित सर्वाधिक १०३ रन बनाएका थिए । शशांक सिंहले ३६ बलमा तीन छक्का र दुई चौकासहित अविजित ५२ र मार्को यानसनले अविजित ३४ रन बनाए ।

चेन्नाईका खलिल अहमद र रविचन्द्रन आश्विनले समान दुई विकेट लिए । मुकेश चौधरी र नुर अहमदले समान एक विकेट लिए ।

जितसँगै पञ्जाव चार खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । चेन्नाई भने पाँचमध्ये एक मात्रै जित निकाल्दा नवौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro