राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले फोहोर गरेको भन्दै पत्र नकाट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई आग्रह गरेका छन् । बल्खुमा आयोजित सभाको फोहोर आफूहरूले नै सफा गर्ने भन्दै उनले हिरो भएर पत्र नकाट्न आग्रह गरे ।
उनले सूचना सुनाए, “बालेनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु । हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु । केही पनि फोहोर रहनेछैन ।”
फोहोर गरेबापत् यसअघि राप्रपाले महानगरलाई जरिवाना तिर्नुपरेको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्