खेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरू सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले लिगका १४ वटै क्लबको सहभागिता हुने गरी प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
सोमबार एन्फा र ए डिभिजन लिगका क्लबहरूको बैठकमा एन्फाका महासचिव किरण राईले प्रतियोगिता आगामी वैशाख २० गतेदेखि आयोजना गर्ने र उक्त प्रतियोगिताको विजेताले एएफसी क्लब प्रतियोगिता २०२५–२०२६ मा सहभागिता जनाउन पाउने प्रस्ताव गरेका हुन् ।
प्रतियोगिताका निम्ति वैशाख १० गतेसम्म टिम दर्ताको समय राखिएको एन्फाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ १६:४७
प्रतिक्रिया दिनुहोस्