site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मन्त्री दाहालको आरोप– प्रहरीले पैसा खाएर ‘ओभरलोड’का गाडी चलाउन दिए

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्डविपरीतका सवारीसाधन चलाउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार (चैत २५) सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिसँग छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले मापदण्डविपरीतका गाडीका कारण यात्रीवाहक सवारीसाधनमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताए । मालवाहक सवारीसाधनको नापतौलका विषयमा समेत सरकारको ध्यानाकर्षण भएको उनले उल्लेख गरे ।

उनले मालवाहक गाडीको नापतौलबारे अध्ययन गर्न कार्यदल बनाइएको र उक्त समस्या छिट्टै समाधान गरिने बताए । मालवाहक सवारीसाधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको उनको भनाइ थियो ।

उनले प्रहरीले चालकबाट पैसा खाएर ‘ओभरलोड’का गाडी चलाउन दिएको आरोप लगाए । “यस सम्बन्धमा नेपाल प्रहरीबाट हामीलाई सहयोग भएन । असहयोग भयो क्या ! यो विषयमा पनि हामीले गृह मन्त्रालयसँग नै बस्नुपर्ने भएको छ,” उनले भने, “किनभने, जहिले पनि यस्तै विकृति हुने कुराले त देशलाई कुनै फाइदा पुग्दैन नि ! पैसा खाएर ओभरलोडका गाडीहरू चलाउन दिने कुराले त स्वाभाविक रूपले सार्वजनिक सम्पत्ति नोक्सान भइरहेको छ ।”

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडकमा भइरहेको राजनीति अन्त्य गर्न सुझाव दिए । उनले यात्रीवाहक सवारीसाधन सहज ढंगले गुड्ने वातावरण मिलाउन मन्त्री दाहालको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro