site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भ्यालेन्सियाका प्रशिक्षक कोर्बेरेनले भने– रियालविरुद्ध खेलाडीले बलियो मानसिकता देखाए 

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडविरुद्ध जित निकालेपछि भ्यालेन्सियाका मुख्य प्रशिक्षक कार्लोस कोर्बेरेनले आफ्नो खेलाडीको प्रशंसा गरेका छन् । ला लिगाअन्तर्गत शनिबार राति भ्यालेन्सियाले रियालविरुद्ध उसैको मैदान सान्टिायागो बर्नबेउमा २–१ को अप्रत्याशित जित निकालेको थियो ।

इन्ज्युरी टाइमअघिसम्म खेलमा १–१ को बराबरी थियो । भ्यालेन्सियाका ह्युगो डुरोले ९५औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई तीन अंक दिलाएका थिए ।

“हाम्रा खेलाडीले बलियो मानसिकता प्रदर्शन गरे । फुटबलमा भावनालाई नसमेटी रणनीति बनाउनै सकिँदैन । रियाल मड्रिडविरुद्ध खेलको नियन्त्रण गुमाए पनि त्यो स्थितिबाट टिमलाई पुनरागमन गराउनुले हाम्रो मानसिकता स्पष्ट देखाउँछ,” जितपछि प्रशिक्षक कोर्बेरेनले भने ।

भ्यालेन्सियाले सन् २००८ पछि रियाललाई उसैको मैदानमा हराएको हो । जितसँगै भ्यालेन्सिया तालिकाको रेलिगेसन क्षेत्रभन्दा सात अंकले माथि पुगेको छ । ३० खेलबाट ३४ अंक जोडेको भ्यालेन्सिया १५औँ स्थानमा छ ।

घरेलु मैदानमै अप्रत्याशित हारले ला लिगाको उपाधि दौडमा रियाल चार अंकले पछि परेको छ । दोस्रो स्थानको रियालले ६३ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाले ६७ अंक छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro