देश

काठमाडौं । जाजरकोटमा शुक्रबार लगातार भूकम्पका दुई धक्का मापन गरिएको छ । तीन मिनेटको अन्तरमा पैंक केन्द्रविन्दु भएर दुई धक्का मापन गरिएको हो । राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पपछि केही घरहरू चर्किएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । "घरहरू चर्किएको भन्ने खबर आएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य गरेका छौँ," प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले भने ।
पहिलो धक्का साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको र दोस्रो साँझ ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ २१:०२
प्रतिक्रिया दिनुहोस्