site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने घटना : अराजक गतिविधि गर्नेलाई भिडियो फुटेजका आधारमा पक्राउ गर्दै प्रहरी

काठमाडौं । तीनकुने क्षेत्रमा राजावादी समूहले चैत १५ मा आयोजना गरेको प्रदर्शनमा अराजक गतिविधि गर्दै आगजनी र लुटपाट गर्ने थप २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले आगजनी र लुटपाट गर्दै हिँड्ने समूहलाई सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दै पक्राउ गरेको हो । हालसम्म प्रहरीले प्रदर्शन अराजक गराएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरासहित १५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

तर, मुद्दा भने ५९ जनालाई मात्रै मुद्दा चलाएको छ । मंगलबार पक्राउ गरिएका २४ मध्ये १८ जनालाई मात्रै मुद्दा चलाउनुपर्ने अनुसन्धानका त्रममा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई आपराधिक क्रियाकलाप गरेको विभिन्न भिडियो विश्लेषण गरेर पक्राउ गरिएको हो । अझै केहीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro