site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ज्ञानेन्द्र शाह निरंकुश राजा हुन चाहे : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राजावादीको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार (चैत १७) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाह निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताए ।

“पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार गर्‍यो,” उनले भने, “जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो, त्यसबाट उनको लक्ष्य भनेको निरंकुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ ।”

राजावादी समूहको प्रदर्शनक्रममा उनीहरूलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको डा. महतले टिप्पणी गरे । उनले राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको जिकिर गरे । निजी सम्पत्तिमा क्षति पुर्‍याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने उनले उल्लेख गरे ।

“मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो । जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पत्तिमा क्षति पुर्‍याएका छन् र जसले उत्तेजना फैलाएको छ, तिनीहरूलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला,” उनले भने ।

लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको उनले बताए । लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro