site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने घटनाबारे संसद्‍मा बहसको वातावरण बनाउन सभामुखको आग्रह

काठमाडाैं । सभामुख देवराज घिमिरेले तीनकुने घटनाबारे संसद्‍मा बहसको वातावरण बनाउन प्रमुख दलका प्रमुख सचेतकहरूसँग आग्रह गरेका छन् । राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद्‍ जीवन्त रहेको महसुस गराउन उनले अपिल गरेका हुन् । 

दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‍मा छलफल र बहसको वातावरण बनाउन आवश्यक रहेको सभामुखको ठहर थियो । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदनको अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो । 

बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने विषयमा जानकारी गराएका थिए । 

उनले संसद्‍ अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको पनि जानकारी दिए । प्रधानमन्त्रीले आज नै सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले बताए । 

बैठकले सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro