site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुलिसले जित्यो प्रधानमन्त्री कप

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार (चैत १६) रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।

पुलिसले १५५ रनको विजयी लक्ष्य २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका ओपनर कुशल भुर्तेलले ६१ रन बनाए ।

आर्मीका साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । आर्मीका बसीर अहमदले ८६ रनको योगदान गरे ।

प्रतियोगितामा पुलिसका बलर ललितनारायण राजवंशी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत योपटक सिद्धार्थसँगै तिलोत्तमास्थित एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय रंगशाला खेल खेलाइएको थियो । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro