site stats
बाह्रखरी :: Baahrakhari
खेल
एएफसी एसियन कप छनोट खेल्ने महिला फुटबल टोलीको बिदाइ

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ । सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो । 

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वाले एसियन कप छनोटका लागि नेपाली टिमको तयारी निकै राम्रो भएको बताइन् । एएफसी एसियन कप छनोट नेपालीका लागि ठूलो मौका भएकाले यसमा राम्रो नजिता आउने गरी प्रदर्शन गर्ने उनले बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सावित्रा भण्डारीले एसियन कप छनोटका साथै सबै खेलाडी उत्साहित रहेको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, प्रशिक्षक प्याट्रिक डे वाइल्डले महिला टोलीको प्रशिक्षण निकै राम्रो भएकाले खेलमा सकारात्मक असर देखिने बताए । 

एसियन कप छनौट चरणमा नेपाल र आयोजक उज्वेकिस्तानसँगै समूह ‘एफ’मा लाओस र श्रीलंका पनि रहेका छन् । समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । नेपालले लाओससँग असार १५, श्रीलंकासँग असार १८ र उज्वेकिस्तानसँग असार २१ गते खेल्नेछ । एसियन कप भने सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदै छ । 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्