site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल दोस्रो संस्करणका निम्ति चितवनले गर्‍यो ६ खेलाडी रिटेन
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति चितवन राइनोजले ६ खेलाडीलाई रिटेन गरेको छ । 

एनपीएलको फ्रेन्चाइजमध्येको एक चितवनले साेमबार एक विज्ञप्ति जारी गर्दै मार्की खेलाडीसमेत रहेका कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीलाई रिटेन गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, क्लबले शरद भेषवाकर, दीपेश श्रेष्ठ, विपीन रावल, सन्तोष कार्की, रञ्जितकुमार र सलाउद्दिन खानलाई रिलिज गरेको जनाएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डरमा एनपीएल नोभेम्बरमा हुने जनाएको छ । तर, हालसम्म निश्चित मिति भने सार्वजनिक भएको छैन ।

यसअघि गत वर्ष मंसिरमा भएको प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्