site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद्‌मा छलफल– ज्ञानेन्द्र शाहलाई के गर्ने ?

काठमाडौं । ‘तीनकुने हिंसा’लाई लिएर शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा गम्भीर समीक्षा भएको छ ।

एक मन्त्रीले दिएको जानकारीअनुसार पर्दा पछाडिबाट मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल भएको छ । तर कुनै निर्णय चाहिँ भएको छैन ।

“ज्ञानेन्द्र शाहको गतिविधिका विषयमा विभिन्न कोणबाट गम्भीर छलफल भयो,” ती मन्त्रीले भने,“तर निर्णय केही भएको छैन । कानुनविपरीतको काम गर्नेलाई कारबाही गर्नका लागि कुनै निर्णय गरिरहन परेन तर ज्ञानेन्द्र शाहको भूमिकाका सन्दर्भमा छलफल चाहिँ भएको छ ।”

उनका अनुसार पूर्वराजाको सेवा सुविधा खोस्नेदेखि विदेश भ्रमणमा रोक लगाउने सम्बन्धमा छलफल भएको थियो । “गृह मन्त्रालयलाई अध्ययन गरेर सिफारिस गर्न अधिकार दिएको छ,” उनले भने, “सबै अधिकार गृहलाई दिएको छ । अब के के गर्ने भन्ने सिफारिस गृहले गर्ला ।”

सबैजसो मन्त्रीले गम्भीर विषयमा समीक्षा गर्नुपर्ने र सरकारले एउटा ‘एक्सन’ लिनुपर्ने धारणा राखेका थिए ।

“ज्ञानेन्द्र शाहको गतिविधिलाई सुक्ष्म ढंगले हेरिरहेका छौँ, के गर्ने भन्ने निर्णय भएको छैन,” गृह मन्त्रालय स्रोतले भन्यो,“जुन आपराधिक गतिविधि नियन्त्रण गर्ने र जनताको अधिकारको रक्षा गर्ने कुरा छ त्यसका लागि कुनै निर्णय गर्नुपर्दैन । गृहले गर्ने भनिएको छ तर के गर्ने भन्ने निर्णय भएको छैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro