site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै पक्राउ परेनन् दुर्गा प्रसाईं, के भन्छ प्रहरी ?
फाइल तस्बिर ।

काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् । शुक्रबार साँझबाट नै प्रहरीले खोजी गरिरहे पनि प्रसाईंलाई पक्राउ गर्न सकेको छैन । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रसाईंलाई खोजी गर्ने कार्य जारी रहेको बताए । उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली प्रसाईंलाई पक्राउ गर्न खटिएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले जहाँ भन्छ त्यहीँ आउने बताएका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन् । 

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 

राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro