site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलको अवरोधका कारण शुक्रबार पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको हो । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए ।

उनीहरूले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध कायमै रहने धारणा राखेका थिए । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिस्थापन विधेयक अघि बढाउनुपर्ने भएकाले सहज रूपमा बैठक सञ्चालनका लागि आग्रह गरेका थिए । 

उनले राष्ट्रिय सभाको गरिमा कायम राख्नका लागि गम्भीर बन्न समेत आग्रह गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष दाहालले अरू प्रक्रियाबाट समस्या समाधान गर्न ध्यानार्षण गराए पनि विपक्षी दलले विरोध कायमै राखेपछि उनले बैठक स्थगित गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro