site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिउँसो हुने प्रदर्शनले बिहानैदेखि सवारी डाइभर्सन

काठमाडौं । काठमाडौंमा आज हुने दुई राजनीतिक प्रदर्शनका लागि बिहानैबाट सवारी डाइभर्सन सुरु भएको छ । 

काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा हुने सवारी जामलाई लक्षित गर्दै बिहानैबाट सवारी डाइभर्सन सुरु भएको हो । 

सवारी डाइभर्सनका कारण कार्यालय जाने कर्मचारीहरू विशेषेगरी प्रभावित भएका छन् । 

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुनसक्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइएको बताएका छन् ।  

ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज भइसकेको छ । 

एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमनमा समस्या देखिसकेको छ । 

आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन गरिएको प्रहरीले बताएको छ । 

भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro