site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आज कस्तो रहनेछ मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात र हावाहुरीको पनि सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

मौसमविद् विनु महर्जनका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । 

“लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ,” मौसमविद् महर्जन भन्छिन्, “काठमाडौंमा पनि आज हिजोको तुलनामा हावाको बेग बढ्नेछ ।” 

उनका अनुसार काठमाडौंमा आज मौसम सफा रहनेछ । काठमाडौंमा अझै केही दिन वर्षाको सम्भावना छैन । दिउँसो काठमाडौंमा तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्नेछ । 

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro