बाह्रखरी फोटो
-1743083358.jpg)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको भन्दै ललितपुर महानगरपालिका अगाडि टुकी बालेर विरोध प्रदर्शन गरिएको छ ।
बिहीबार साँझ पुल्चोकस्थित महानगरको गेटमा सर्वसाधारणको समूहले टुकी बालेर कुलमानको समर्थन गर्दै सरकारविरुद्ध नाराबाजी गरेर विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका सर्वसाधारणले कुलमानको पुनर्नियुक्तिको माग राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १९:४३
प्रतिक्रिया दिनुहोस्