site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बराल ग्रुपले ल्यायो वाडा अटो सो २०२५ को लागि आकर्षक अफर
Tiktok banner adTiktok banner ad

पोखरा । बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि (निसान, ओमोडा एन्ड जेइको, र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रालि (लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर)ले नयाँ योजना ल्याएका छन् ।

कम्पनीले ‘वाडा अटो सो २०२५’ को लागि आकर्षक अफरहरू सार्वजनिक गरेका हुन् । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा आयोजना हुन गइरहेको ‘वाडा अटो सो २०२५’ मा नेपालको अटोमोबाइल बजारका चर्चित कम्पनीहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन आदिको सहकार्य र सहभागिता रहेको छ ।

अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको भव्य प्रदर्शनीको रूपमा रहेको ‘वाडा अटो सो २०२५’, पोखराको अमरसिंह मैदानमा २०८१ चैत १४ गतेदेखि १८ गते आयोजना हुँदै छ ।

अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गर्दै छ, जहाँ सहभागी तथा दर्शकले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरहरूको लाभ लिन सक्नेछन् ।

प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गत ओमोडा एन्ड जेइको, निसान, र जिकर ब्रान्डहरू स्टल नम्बर ‘ए–सिक्स’ र ‘ए–सेभेन’मा प्रस्तुत गरिनेछ । यस्तै गरी, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए–टु’मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गर्नेछ ।

सीमित अवधिका लागि, ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजारको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन्, जसमा पाँच लाख हजारबराबरको लाभ समावेश हुने कम्पनीले जनाएको छ ।

यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बिमा, साथै ब्याट्री र मोटरमा आठ वर्ष (वा एक लाख ६० हजार किलोमिटर)को उत्कृष्ट वारेन्टी समावेश छन् । 

त्यसैगरी, ग्राहकहरूले निःशुल्क सात किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro