site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडीले एक महिनामै ५०० अल्ट्राफास्ट चार्जिङ स्टेसन सञ्चालन गर्ने

काठमाडौं । बीवाईडीले चीनमा अप्रिल महिनाभित्रै ५०० वटा एक हजार किलोवाट क्षमताका अल्ट्राफास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भएको छ ।

१० मिनेटभित्रै गाडी फुल चार्ज हुने यो फास्ट चार्जिङ सपोर्ट गर्ने बीवाईडीका नयाँ गाडी हान एल सेडान र टाङ एल एसयूभी छन् ।

यी दुवै गाडीका लागि कम्पनीले देशभर ५०० चार्जिङ स्टेसन स्थापना गर्ने भएको हो ।

बीवाईडीले यसै मार्च १७ मा आफ्नो एक  मेगावाट क्षमताको चार्जिङ प्रणाली सार्वजनिक गरेको थियो ।

यसले ५ मिनेटमा ४०० किलोमिटर रेन्ज दिने गरी गाडी चार्ज गर्न सक्ने बताएको थियो। यो चार्जरको नाम मेगावाट फ्ल्यास चार्जर राखिएको छ ।

विश्वकै उच्च क्षमताको बीवाईडीको यो चार्जिङ सिस्टम टेस्लाको ५०० किलोवाट क्षमताको चार्जरभन्दा दोब्बर क्षमताको हो ।

बीवाईडीले यस्ता चार हजार चार्जिङ स्टेसन निर्माण गर्ने बताएको छ । यो बीवाईडीको सुपर ई–प्लेटफर्मको एक हिस्सा हो । 

यसअन्तर्गत ३० हजार आरपीएम क्षमताको मोटर, डुअल चार्जिङ प्रणाली र ६ मिनेटमै गाडी फुल चार्ज गर्नसक्ने चार्जिङ प्रणालीजस्ता प्रविधि समावेश छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro