site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजावादीलाई मोहन वैधको सन्देश– वर्तमान संकटको विकल्प प्रतिगमन होइन 

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले राजावादीहरूलाई वर्तमान संकटको समाधान प्रतिगमन नभएर अग्रगमन हुने सन्देश दिएका छन् । 

‘आफ्नो भनाइ वंग्याएर राजा चाहिन्छ भन्यो’ भन्दै प्रचार भएकोमा आपत्ति जनाउँदै जारी गरेको विज्ञप्तिमा उनले अहिलेको संकटको समाधान पछाडि फर्किएर नभेटिने उल्लेख गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, उनले वर्तमान संसदीय व्यवस्थाको विकल्प भने जनताले खोजिरहेको उल्लेख गरेका छन् । “नेपालको प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्था र संसदवादी पार्टीहरू असफल भएपछि जनताले त्यसको विकल्प खोजेको आजको स्थितिमा प्रतिगामी शक्तिहरूले राजतन्त्रलाई अगाडि सारेर जनतालाई भ्रमित गर्न कोसिस गरिरहेका छन्,” वैद्यले विज्ञप्तिमा भनेका छन्, “यस स्थितिमा इतिहास सधैँ अगाडि बढ्छ, कहिल्यै पछाडि फर्किंदैन ।”

उनले राजावादीले पछिल्लो समय चलाइरहेको ‘मिथ्या प्रचार’को अभियानलाई निकृष्ट काम भन्दै वर्तमान संकटको समाधान अग्रगमनबाट मात्र भेटिने उल्लेख गरेका छन् । 
kiran-1742971150.JPG
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्