site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सरकारलाई सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको हो ।

बैठकका निर्णय सुनाउँदै समिति सभापति ऋषिकेश पोखरेलले समितिको तर्फबाट हुलाकी राजमार्गको बारेमा प्रत्येक तीन/तीन महिनामा प्रगति विवरण सार्वजनिक गरी लेखा समितिमा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए । उनले बीपी र अरनिको राजमार्गलाई वर्षा अगाडि नै कम्तीमा वर्षामा बन्द नहुने गरी यातायात सुचारु गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिए ।

समितिले हुलाकी, बीपी, अरनिको, मध्यपहाडी लगायतका राष्ट्रिय राजमार्गहरू, पुलहरू समेतको निर्माण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro