site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानले भन्यो– नयाँ प्रशिक्षक नियुक्ति अन्तिम चरणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केही समयमा नै क्रिकेट टोलीको मुख्य प्रशिक्षकको नामावली सार्वजनिक गर्ने जनाएको छ ।

क्यानले सोमबार प्रशिक्षकहरूको छनोट प्रक्तिया अन्तिम चरणमा पुगेको जनाउँदै केही समयमै मुख्य प्रशिक्षकको नामवाली सार्वजनिक गर्न जनाएकोे हो ।

Argakhachi Cement Island Ad

“नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको पद रिक्त रहेकोमा मुख्य प्रशिक्षक पदपूर्तिका लागि संघबाट खोलिएको आवेदन बमोजिम आवेदन दिने समय सिमाभित्र ७० जनाको आवेदन परेकोमा संघबाट आवेदकहरूमध्ये १० जनाको सर्टलिस्ट गरी हाल निजहरूको अन्तर्वार्ताको प्रक्रिया अन्तिम चरणमा रहेको हुँदा नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको नाममा यस संघबाट यथाशक्य छिट्टै घोषणा गरिने जनाकारी गराउन चाहन्छौँ,” क्यानले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघिका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएपछि नेपाली टिम हाल प्रशिक्षकविहीन छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्