site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन, दक्षिण गेटबाट युवाहरू पक्राउ

काठमाडौं । ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका थिए । उनीहरूले ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । 

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्